म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमाबस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें।
Cross references
तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।
तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।
हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौ।
अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।
म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ।
यो तीसौं वर्षको चौथो महीनाको पाँचौ दिन थियो।यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौ वर्षको पाँचौ महीनाको पाँचौ दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।
यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ।
तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए।तब करूबहरू हावामाथि उडे।
दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।
मैले यी कुराहरु सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसंग सुस्केरा हालें। मैले मेरो हड्डीहरु एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरु मानिसहरुलाई आक्रमण गर्न आउँछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।