इजकिएल 48:20 · नेपाली बाइबल
“यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।
Cross references
हिब्रू 12:17
तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
प्रकाश 21:16
त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।