“यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ।
Cross references
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।
पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ।
“भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ।
भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ।
शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ।
तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”