“तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।
Cross references
बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।
यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।
सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्
तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।
तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।
यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे,
अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।
पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए।
तब उनले ओंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए।
वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो।
“अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो।
पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ।
परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ।
पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ।
उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि र्छकिथ्ये।