Home Bibles लेवी 8:14 · नेपाली बाइबल
लेवी 8:14 · नेपाली बाइबल

यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे,

Cross references

प्रस्थान 29:10

“त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून।

लेवी 1:4

उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

लेवी 4:4

अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।

लेवी 8:2

“हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।

लेवी 16:6

तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ।

लेवी 16:21

जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरूभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरूभूमितिर लिएर जान पर्खिरहेको हुनेछ।

गन्ती 8:12

“लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रायश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।

भजनसंग्रह 66:15

म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु, म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु, म साँढेहरू र बाख्राहरू चढाउने छु।

यशैया 53:10

परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।

इजकिएल 43:19

त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।”‘ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

इजकिएल 43:20

“तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।

इजकिएल 44:27

त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

रोमी 8:3

व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।

2 कोरिन्थी 5:21

ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

हिब्रू 7:26

यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

1 पत्रुस 3:18

तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

Interlinear

Choose Theme