Home Bibles ☰ Books 1 राजा 6:29 · नेपाली बाइबल
1 राजा 6:29 · नेपाली बाइबल

मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।

Cross references

प्रस्थान 26:1

“दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।

प्रस्थान 36:8

तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए।

1 राजा 6:18

तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।

1 राजा 6:32

तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।

2 इतिहास 3:14

सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।

2 इतिहास 4:2

त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।

भजनसंग्रह 92:12

असल मानिसहरू लेबानेनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

भजनसंग्रह 148:2

हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

इजकिएल 40:16

रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

लूका 2:13

त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।

एफिसी 3:10

उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानून्।

प्रकाश 5:11

तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।

Interlinear

Choose Theme