हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।
Cross references
यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।
दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।
असल मानिसहरू लेबानेनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।
यदि तिनी पर्खाल हुँदी हुन त तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं।
सबै झ्यालहरू अनि ठोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि
भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।
यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो।
अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।
प्रभु येशू सजीव “पत्थर”हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।