त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।
Cross references
मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।
तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालकहरू थिए।
त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण।
तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।
हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।
बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।
तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!
त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।
तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौडाई मोटो नाप्यो। त्यो एक हात चौडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो।
रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो।
तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।
सातवटा खुट्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूरको नक्शा थियो।
त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।
त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।
तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।
त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौ अनि बाहिरी मूल-ढोका बन्द थियो।