1 इतिहास 9:24 · नेपाली बाइबल
त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण।
Cross references
1 इतिहास 26:14
मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।
2 इतिहास 8:14
सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।