इजकिएल 40:35 · नेपाली बाइबल
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात,
Cross references
इजकिएल 40:27
भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।
इजकिएल 40:32
त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो।
इजकिएल 44:4
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें।
इजकिएल 47:2
त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।