Home Bibles यशैया 34:5 · नेपाली बाइबल
यशैया 34:5 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।

Cross references

व्यवस्था 27:15

‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’

व्यवस्था 29:18

दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।

व्यवस्था 32:14

परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

व्यवस्था 32:41

म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।

भजनसंग्रह 17:13

हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।

भजनसंग्रह 137:7

म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”

यशैया 21:11

दूमा बारे एक दुखको सन्देश कसैले मलाई एदोम देखि डाक्यो। उनले भने, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!”

यशैया 24:6

यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

यशैया 63:1

एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

यर्मिया 46:10

तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

यर्मिया 47:6

हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।

यर्मिया 49:7

यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?

इजकिएल 21:3

इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।

इजकिएल 21:9

“हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।

इजकिएल 25:12

परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।”

इजकिएल 35:1

परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

इजकिएल 36:5

परमप्रभु मेरा मालिक भन्नुहुन्छ ‘म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”

आमोस 1:11

परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइइस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरुसरह लगातार इस्राएललाई च्यातिरह्यो।

ओबदिया 1:1

यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छःहामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौ।”

सपन्याह 1:7

मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

सपन्याह 2:12

हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ।

मलाकी 1:4

यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भेका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।”तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःर्निर्माण गरे ता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूलेएदोमलाई नराम्रो देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैं क्रोधित हुनुहुन्छ।

मत्ती 25:41

“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

1 कोरिन्थी 16:22

जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!

गलाती 3:10

तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”

2 पत्रुस 2:14

हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।

प्रकाश 1:16

उहाँको दाहिने हातमा सातवटा ताराहरु थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

Interlinear

Choose Theme