Home Bibles ☰ Books इजकिएल 32:8 · नेपाली बाइबल
इजकिएल 32:8 · नेपाली बाइबल

म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु। म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।” परमप्रभु मेरा मालिक भन्नुहुन्छ।

Cross references

उत्पत्ति 1:14

तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।

प्रस्थान 10:22

मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्‌यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो।

हितोपदेश 20:20

यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

यशैया 13:10

आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

Interlinear

Choose Theme