Home Bibles इजकिएल 31:12 · नेपाली बाइबल
इजकिएल 31:12 · नेपाली बाइबल

विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।

Cross references

यशैया 34:5

परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।

इजकिएल 28:7

म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु। तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्, तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन् अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं। तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ।

इजकिएल 30:11

नबूकदनेस्सर अनि त्यसका मानिसहरू राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्। म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु। तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्। त्यो देश लाशले भरिनेछ।

इजकिएल 32:4

त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु! म तिमीलाई खेतमा फ्याँकिदिन्छु। तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु। म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु।

इजकिएल 32:12

म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ।

इजकिएल 35:5

किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘

इजकिएल 35:8

म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ।

इजकिएल 39:4

तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।

दानियल 4:11

यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो।

दानियल 4:12

यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।

नहूम 3:17

अनि तिम्रो राज्यका अधिकारीहरु, सलहहरु जस्तैछन्। यी ती सलहहरु जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरु पनि यस्तै छन्।

नहूम 3:18

हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।

हबकूक 1:6

म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।

हबकूक 1:11

फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”

प्रकाश 17:16

त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।

Interlinear

Choose Theme