किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘
Cross references
यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”
यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”
तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।”
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।”
त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’
“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।
परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइइस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरुसरह लगातार इस्राएललाई च्यातिरह्यो।
तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।