Home Bibles ☰ Books इजकिएल 28:18 · नेपाली बाइबल
इजकिएल 28:18 · नेपाली बाइबल

तिमीले धेरै नराम्रो काम गर्यौ, तिमी अत्यन्तै कपटी व्यापारी थियौ। यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ, यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए, यसकारण तिमीलाई जलायो अनि तिमी जमीनमा खरानी भयौं। अब प्रत्येकले तिम्रो लाज देख्नेछन्।

Cross references

न्यायकर्ता 9:15

तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”

न्यायकर्ता 9:20

तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

यशैया 66:16

परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।

इजकिएल 5:4

अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”

इजकिएल 28:2

“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।

इजकिएल 28:13

तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।

इजकिएल 28:16

तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं। यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें, मानौं तिमी अपवित्र चीज हौ। मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ। तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ तिम्रो पखेटा मेरो सिंहासनमा फैलिएको थियो, तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।

आमोस 1:9

परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरुलाई तिनीहरुले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किन? किनभने तिनीहरुले देशकासम्पूर्ण मानिसहरुलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरुले तिनीहरुको दाजु-भाइहरुसंग गरेको सम्झौताको सम्झना पनि गरेनन्।

आमोस 1:14

यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ।कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।

आमोस 2:2

यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँखैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।

आमोस 2:5

यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोलेयरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”

मलाकी 4:3

त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

मर्कूस 8:36

किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

2 पत्रुस 2:6

अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।

प्रकाश 18:8

यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।

Interlinear

Choose Theme