Home Bibles ☰ Books इजकिएल 26:18 · नेपाली बाइबल
इजकिएल 26:18 · नेपाली बाइबल

अब जुन दिन तिम्रो पतन हुन्छ समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ। तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।”‘

Cross references

यशैया 23:5

मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दुखी पार्नेछ।

यशैया 23:10

हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।

यशैया 41:5

तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्‌।” अनि तिनीहरू आए।

इजकिएल 26:15

परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्।

इजकिएल 27:28

तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!

इजकिएल 27:35

समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।

इजकिएल 31:15

परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए।

Interlinear

Choose Theme