Home Bibles इजकिएल 24:22 · नेपाली बाइबल
इजकिएल 24:22 · नेपाली बाइबल

तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्।

Cross references

अय्यूब 27:15

उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।

भजनसंग्रह 78:64

पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।

यर्मिया 16:4

“ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”

यर्मिया 47:3

तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

इजकिएल 24:16

“हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रून नदेऊ।

आमोस 6:9

यस्तो हुनेछ यदि दशदना मानिसहरु घरभित्र छन् भने, तिनीहरु सबै मर्नेछन्।

Interlinear

Choose Theme