Home Bibles ☰ Books प्रकाश 2:27 · नेपाली बाइबल
प्रकाश 2:27 · नेपाली बाइबल

‘उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।’

Cross references

भजनसंग्रह 2:8

यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।

भजनसंग्रह 49:14

ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।

भजनसंग्रह 149:5

हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।

यशैया 30:14

तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”

यर्मिया 19:11

त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।

दानियल 7:22

जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।

मत्ती 11:27

“मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।

लूका 22:29

मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।

यूहन्ना 17:24

“पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसंग नै होऊन। म यो इच्छा गर्छ तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।

प्रकाश 12:5

त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छढीद्वारा सम्पूर्ण राष्ट्रहरुमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।

प्रकाश 19:15

घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।

Interlinear

Choose Theme