यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्।
Cross references
परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।
यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।
मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’
हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”
मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।