Home Bibles इजकिएल 20:18 · नेपाली बाइबल
इजकिएल 20:18 · नेपाली बाइबल

मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुसरण नगर। तिनीहरूको आदेशहरू पालन नगर।

Cross references

गन्ती 14:32

तर तिनीहरूको निम्ति तिमीहरू यही मरूभूमिमा नै मर्ने छौ।

गन्ती 32:13

“इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउञ्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरूभूमिमा यता उता डुलाउनु भयो।

व्यवस्था 4:3

“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।

भजनसंग्रह 78:6

अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।

यर्मिया 2:7

परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्‌यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।

यर्मिया 3:9

यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।

यर्मिया 11:10

ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिडन अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”

यर्मिया 32:23

इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।

इजकिएल 18:14

“सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ।

इजकिएल 20:7

“मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

जकरिया 1:2

परमप्रभु तिमीहरुका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो।

लूका 11:47

धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए।

प्रेरित 7:51

तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

1 पत्रुस 1:18

तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।

Interlinear

Choose Theme