त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
Cross references
परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।
ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे।
फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”
पानीको मूलले त्यसलाई पोषण गर्यो। नदीको पानीले त्यसलाई अग्लो बनायो! नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे। जहाँ रूखहरू रोपिएका थियो। अरू मैदानको रूखहरूकोलागि यहींबाट पानीको नालाहरू जान्थे।