Home Bibles ☰ Books 2 इतिहास 26:13 · नेपाली बाइबल
2 इतिहास 26:13 · नेपाली बाइबल

ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे।

Cross references

2 इतिहास 11:1

जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे।

2 इतिहास 13:3

अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।

2 इतिहास 14:7

आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

2 इतिहास 14:8

आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।

2 इतिहास 17:14

ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

2 इतिहास 25:5

अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।

Interlinear

Choose Theme