तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो।
Cross references
तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतासजस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो।
उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।
तिनका पाउहरु भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो।