पाङ्ग्रा सधैं प्राणीहरूसँग हिँडथ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि संगै जान्थ्यो।
Cross references
हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।
तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।
त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोडदै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।