Home Bibles ☰ Books प्रस्थान 7:5 · नेपाली बाइबल
प्रस्थान 7:5 · नेपाली बाइबल

तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”

Cross references

प्रस्थान 3:20

यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।

प्रस्थान 6:6

यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

प्रस्थान 7:17

यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।

प्रस्थान 8:10

फिरऊनले भने, “भोलिसम्म।”मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

प्रस्थान 8:19

यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

प्रस्थान 8:22

तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

प्रस्थान 14:4

म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”

प्रस्थान 14:18

तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”

भजनसंग्रह 9:16

परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

इजकिएल 25:17

म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोध द्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

इजकिएल 28:22

भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छसीदोन म तिम्रो विरूद्धमा छु। तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्, म सीदोनलाई दण्ड दिन्छु, त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु। अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।

इजकिएल 36:23

म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”‘ परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।

इजकिएल 39:7

म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन्। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु।

इजकिएल 39:22

तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ।

Interlinear

Choose Theme