Home Bibles ☰ Books प्रस्थान 39:7 · नेपाली बाइबल
प्रस्थान 39:7 · नेपाली बाइबल

तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

Cross references

प्रस्थान 28:12

तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।

प्रस्थान 28:29

“हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।

यहोशू 4:7

तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”

नहेम्याह 2:20

मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबीयरूशलेममाथि छैन।”

मर्कूस 14:9

म तीमीहरूलाई साँचो भन्दछु। जहाँ कही पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”

मर्कूस 14:22

जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुका टुका पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”

Interlinear

Choose Theme