“हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।
Cross references
तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।
“प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।
ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।
मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।
तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ।