Home Bibles प्रस्थान 32:29 · नेपाली बाइबल
प्रस्थान 32:29 · नेपाली बाइबल

त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”

Cross references

गन्ती 25:11

“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।

व्यवस्था 13:6

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।

व्यवस्था 33:9

आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।

1 शमूएल 15:18

परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।

2 इतिहास 35:3

योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र संदूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।

हितोपदेश 21:3

बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

योएल 2:12

परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।

जकरिया 13:3

यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

मत्ती 10:37

“जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन।

Interlinear

Choose Theme