यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”
Cross references
आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।
जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”
येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?”दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।
कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाई गर्न उभिएनन्।
जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।