किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।
Cross references
जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्
उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।
“त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ।
ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।
तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्याइन्छ।
तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।
मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।
हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं।
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।