Home Bibles प्रस्थान 29:11 · नेपाली बाइबल
प्रस्थान 29:11 · नेपाली बाइबल

तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार।

Cross references

प्रस्थान 29:4

त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।

लेवी 1:3

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

लेवी 4:4

अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।

लेवी 8:15

अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।

लेवी 9:8

त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।

लेवी 9:12

त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

Interlinear

Choose Theme