Home Bibles प्रस्थान 24:14 · नेपाली बाइबल
प्रस्थान 24:14 · नेपाली बाइबल

मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”

Cross references

उत्पत्ति 22:5

त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौ। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

प्रस्थान 17:10

यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।

प्रस्थान 17:12

केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।

प्रस्थान 18:25

उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए।

प्रस्थान 32:1

मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”

1 शमूएल 10:8

“म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताँउनेछु।”

1 शमूएल 13:8

शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे।

Interlinear

Choose Theme