उत्पत्ति 22:5 · नेपाली बाइबल
त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौ। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”
Cross references
हिब्रू 11:19
अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।
हिब्रू 12:1
हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।