यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।
Cross references
केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।
मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”
“यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।
धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। ङ्गा
जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।