Home Bibles ☰ Books प्रस्थान 23:8 · नेपाली बाइबल
प्रस्थान 23:8 · नेपाली बाइबल

“घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

Cross references

व्यवस्था 10:17

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

व्यवस्था 16:19

जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्।

1 शमूएल 8:3

तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।

1 शमूएल 12:3

अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”

भजनसंग्रह 26:10

ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।

हितोपदेश 15:27

लोभी मानिसले आफ्नै घरमा आफ्द बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ।

हितोपदेश 17:8

घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।

हितोपदेश 17:23

एकजना दुष्ट मानिसले न्याय बिर्गानको लागि गोप्य तरिकाले घूस दिन्छ।

हितोपदेश 19:4

धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।

उपदेशक 7:7

घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।

यशैया 1:13

“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

यशैया 5:23

अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्।

यशैया 33:15

असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्-तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्।

Interlinear

Choose Theme