Home Bibles ☰ Books प्रस्थान 22:17 · नेपाली बाइबल
प्रस्थान 22:17 · नेपाली बाइबल

यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

Cross references

उत्पत्ति 23:16

अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।

उत्पत्ति 34:12

यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”

लेवी 20:6

कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु।

व्यवस्था 7:3

ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।

व्यवस्था 18:10

आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।

व्यवस्था 22:29

त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिकका तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।

1 शमूएल 18:25

शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्‌यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।

1 शमूएल 28:3

शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।

Interlinear

Choose Theme