त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिकका तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।
Cross references
तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।
यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।जेठो छोरो
तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।
तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।