यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
Cross references
त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।
याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ।
तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।
“यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।
“एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,
शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।
दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”
यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशलजौ दिएर किनेर ल्याएँ।
चेलाहरूले भने, ‘तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”