Home Bibles प्रस्थान 19:18 · नेपाली बाइबल
प्रस्थान 19:18 · नेपाली बाइबल

सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो।

Cross references

उत्पत्ति 15:17

जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

उत्पत्ति 19:28

अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयंकर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।

प्रस्थान 3:2

पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।

प्रस्थान 19:13

त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुञ्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।”

प्रस्थान 20:18

यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।

प्रस्थान 24:17

परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।

व्यवस्था 4:11

तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।

व्यवस्था 4:36

तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

व्यवस्था 5:22

मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

व्यवस्था 33:2

मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।

न्यायकर्ता 5:5

परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।

1 राजा 19:11

तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूइँचालो शुरू भयो तर त्यो भूइँचालोमा पनि परमप्रभु हुनुहुन्न थियो।

2 इतिहास 7:1

जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।

नहेम्याह 9:13

तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।

भजनसंग्रह 18:9

परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।

भजनसंग्रह 68:7

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरूभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।

भजनसंग्रह 68:9

हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो, क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।

भजनसंग्रह 77:18

त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो अनि पृथ्वी काम्न थाल्यो र थर्थर भयो।

भजनसंग्रह 77:19

परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।

भजनसंग्रह 104:32

परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ। उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।

भजनसंग्रह 114:4

पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले

भजनसंग्रह 114:7

हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।

भजनसंग्रह 144:5

हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।

यशैया 6:4

तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।

यर्मिया 4:24

मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।

नहूम 1:5

परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।

हबकूक 3:6

परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।

जकरिया 14:5

अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

मत्ती 24:7

किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।

2 थिस्सलोनिकी 1:8

परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरुलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ।

हिब्रू 12:18

तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।

हिब्रू 12:26

त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”

2 पत्रुस 3:10

तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

प्रकाश 15:8

मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरु पुरा नहुञ्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

Interlinear

Choose Theme