Home Bibles भजनसंग्रह 68:7 · नेपाली बाइबल
भजनसंग्रह 68:7 · नेपाली बाइबल

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरूभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।

Cross references

प्रस्थान 13:21

परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।

व्यवस्था 4:34

अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।

न्यायकर्ता 4:14

तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।

न्यायकर्ता 5:4

हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए।

भजनसंग्रह 107:34

परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किन? किनभने ती दुष्ट मानिसहरूले गर्दा हो। जो त्यस ठाउँमा बसीरहेका थिए।

भजनसंग्रह 114:1

इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।

भजनसंग्रह 146:7

दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

मीका 2:13

तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।

हबकूक 3:12

क्रोधमा तपाईं पृथ्वीमाथि हिंड्नुभयो, अनि देशहरुलाई दण्ड दिनु भयो।

Interlinear

Choose Theme