Home Bibles ☰ Books प्रस्थान 12:28 · नेपाली बाइबल
प्रस्थान 12:28 · नेपाली बाइबल

परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।

Cross references

प्रस्थान 7:6

परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे।

प्रस्थान 7:10

यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

प्रस्थान 12:35

तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे।

प्रस्थान 14:4

म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”

प्रस्थान 36:1

“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”

प्रस्थान 39:32

परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेट हुने पाल निर्माण समाप्त गरे।

प्रस्थान 39:42

इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे।

प्रस्थान 39:43

जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

लेवी 24:23

तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

गन्ती 1:54

यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।

गन्ती 5:4

यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

गन्ती 31:31

परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।

गन्ती 31:41

परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

गन्ती 31:47

यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।

व्यवस्था 34:9

मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।

यहोशू 2:21

त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।

यहोशू 4:8

यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए।

Interlinear

Choose Theme