Home Bibles प्रस्थान 7:10 · नेपाली बाइबल
प्रस्थान 7:10 · नेपाली बाइबल

यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।

Cross references

प्रस्थान 4:3

तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।”मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए।

प्रस्थान 7:6

परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे।

प्रस्थान 7:20

यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

प्रस्थान 12:28

परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।

आमोस 9:3

यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।

मर्कूस 16:18

तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”

लूका 10:19

सुन, मैले तिमीहरूलाई साँपहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।

Interlinear

Choose Theme