यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।
Cross references
परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।
तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
“इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो।
प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”
“तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।
यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।
परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।
त्यसपछि, प्रभु येशूले 72जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर।