त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
Cross references
म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।
परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु।
जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ।
तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
तिमीहरूले आफ्नो झूटा देवता मोलक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।
म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।
त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ ग्वाँ रोयो।
जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।