Home Bibles व्यवस्था 16:2 · नेपाली बाइबल
व्यवस्था 16:2 · नेपाली बाइबल

परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।

Cross references

प्रस्थान 12:5

पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।

गन्ती 28:16

“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।

गन्ती 28:19

त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

व्यवस्था 12:5

तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।

व्यवस्था 12:11

तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।

व्यवस्था 12:14

परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।

व्यवस्था 12:18

तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।

व्यवस्था 12:26

“यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।

व्यवस्था 15:20

प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।

2 इतिहास 35:7

योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।

मत्ती 26:2

“तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”

मत्ती 26:17

अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”

मर्कूस 14:12

यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?”

लूका 22:8

येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”

लूका 22:15

येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।

1 कोरिन्थी 5:7

बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।

Interlinear

Choose Theme