तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?
Cross references
तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।फिरऊनको सपना
तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”
एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।
अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”
मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि मलाई व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”
यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो।
पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।