तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।फिरऊनको सपना
Cross references
तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?
मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।
मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।
मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए। तिनीहरूले मलाई मार्ने योजना गरे।
उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।
तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ कोपरिवार नष्ट गरिदैछ भन्ने।