Home Bibles ☰ Books एस्तर 7:8 · नेपाली बाइबल
एस्तर 7:8 · नेपाली बाइबल

तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।

Cross references

एस्तर 1:6

नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।

एस्तर 6:12

त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।

अय्यूब 9:24

जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?

यशैया 22:17

“हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।

यशैया 49:23

राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”

Interlinear

Choose Theme