Home Bibles ☰ Books एस्तर 3:2 · नेपाली बाइबल
एस्तर 3:2 · नेपाली बाइबल

अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्।

Cross references

उत्पत्ति 41:43

जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

प्रस्थान 17:14

तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

प्रस्थान 17:16

मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”

व्यवस्था 25:19

यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।

1 शमूएल 15:3

अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘

एस्तर 2:5

शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी, यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरु सहितका एक जनाका सन्तान थिए।

एस्तर 2:19

कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।

एस्तर 2:21

त्यसबेला, जब मोर्दकै राजाको मुलढोकामा थिए। बिग्थाना अनि तेरेश-राजाका दुई मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्ने षड्‌यन्त्र गरे।

एस्तर 3:1

यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।

एस्तर 3:3

अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?”

एस्तर 3:5

अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।

एस्तर 5:9

त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।

भजनसंग्रह 15:4

त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ जसले परमेश्वरलाई घृणा गर्छ। तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।

दानियल 2:49

दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।

फिलिप्पी 2:10

उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।

Interlinear

Choose Theme