शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।
Cross references
मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”
एस्तरले अझ पनि आफ्ना मानिसहरूको अथवा आफ्नो वंशको विषयमा मोर्दकैले आदेश दिए अनुसार अरूलाई भनेकी थिइनन्। अनि उसको निगरानीमा हुँदा जस्तै तिनले मोर्दकैको आज्ञा पालन गरिन्।
आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।
अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।
किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”
म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।
परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः
यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।